समिक्षा अधिकारीले भनिन्– ‘पलको माया लागेर बयान फेरेँ’

लोकपथ
0
Shares

काठमाडौं । गायिका समिक्षा अधिकारी अभिनेता पल शाहसँगको विवाद काण्डपछि बाहिर निस्किन थालेकी छिन् ।

पलसँगको सम्बन्धका कारण विवादमा परेकी गायिका अधिकारीले एक टेलिभिजन अन्तर्वार्तामा आफूले माया लागेर बयान फेरेको दाबी गरिन् । आफूले माया गरेको मान्छे भएर आफूसँग कुनै अप्सन नभएको कारण बयान फेरेको बताइन् ।

‘बयान फेरेको उहाँकै माया लागेर हो ।’ उनले भनिन्, ‘यतिकै गएर त्यहाँ गएर मुद्दा हालेको होइन । त्यो बेला उहाँको टिमबाट मलाई मारिदिने, गायब बनाइदिने यस्तो थियो । एकदमै रिक्स थियो ।’

आफूलाई धम्की आएको कारण बयान फेरेको बताइन् । आफूलाई पलसँगको केश यतिसम्म ठूलो रुपमा आउने अनुमान नभएको समेत बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?