काठमाडौं । संवैधानिक परिषद्को बैठक बोलाइएको छ ।
सोमबारका लागि बैठक आह्वान गरिएको हो ।
यसअघिकै बैठकको निरन्तरताको लागि भनेर बैठक बोलाइएको स्रोतको दाबी रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रमुख प्रतिपक्षी दलका नेता एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटेसँगै बैठक आह्वान गरिएको हो ।
सर्वोच्चका प्रधानन्यायाधीश नियुक्त हुन नसकेको भन्दै चौतर्फी आलोचना भइरहेका बेला बस्न लागेको बैठकले प्रधानन्ययाधीश नियुक्त हुन सक्ने बताइएको छ ।
चोलेन्द्र शमशेर राणामाथि महाअभियोग लागेसँगै कायममुकायम प्रधानन्यायाधीशका रुपमा हरिकृष्ण कार्की रहेका छन् । संवैधानिक परिषद्को सिफारिस गरेको नामलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि प्रन्या नियुक्त हुने संवैधानिक व्यवस्था रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया