डिभी परेपछि के गर्ने ? यस्तो छ प्रक्रिया

लोकपथ
133
Shares

काठमाडौं । अमेरिकी इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा डिभीको नतिजा सार्वजनिक भएको छ । अमेरिकी राज्य विभाग अन्तर्गतको वेबसाइट डीभी शाखाले हिजो शनिबार बेलुका सन् २०२४ को इडीभी नतिजा सार्वजनिक गरेको हो ।

शाखाका अनुसार यसअघि डिभी भर्दा आएको कम्फर्मेसन कोड नम्बरका आधारमा अमेरिकामा जाने चिट्ठा पर्यो कि परेन भन्ने थाहा हुन्छ ।

कसरी हेर्ने नतिजा ?

डिभीका लागि छनोटमा परे नपरेको थाहा पाउनका सबन्धित वेभसाइटमा गएर आफ्नो कन्फर्मेशन नम्बर राख्नु पर्ने शाखाले जनाएको छ । गत अक्टुबर ५ देखि नोभेम्बर ८ सम्म डिभी लोटरी भरेकाहरुले आफू छनौट भए नभएको हेर्न सक्नेछन् ।

नतिजा हेर्नका लागि यो लिंकमा क्लिक गरेर आवश्यक निर्देशन अनुसार हेर्न सकिन्छ । त्यसका लागि डिभी भर्दा लिइएको कन्फर्मेसन नम्बर आवश्यक पर्दछ ।

https://dvprogram.state.gov/

 

डिभी पर्यो भने अब के गर्ने ?

Green Card Lottery DV-2024 is officially closed!

पहिलो चरणमा तपाईंले तुरुन्त डीएस २६० फारम भर्नुपर्ने हुन्छ । डीएस २६० फारम भर्दा कुनै गल्ती गर्नुहुन्न त्यसैले फारम भर्दा सही विवरण भर्नुपर्छ । नत्र पछि समस्या आउनसक्छ ।  विवाहित व्यक्तिले श्रीमान श्रीमतीसँगै संयुक्त राज्य अमेरिका जान चाहेमा डीएस २६० फारममा पति वा पत्नीको विवरण भर्नपर्ने हुन्छ ।

यति गरिसकेपछि शैक्षिक योग्यता विवरण भर्नपर्नेहुन्छ । शैक्षिक योग्यता विवरण भरिसकेपछि आफ्नो आप्रवासी भिसा र विदेशी दर्ता आवेदन अमेरिकी दुतावासमा पेश गर्नुपर्नेछ ।

दुतावासमा महत्वपूण कागजातहरू पेश गर्नुपर्ने हुन्छ जस्तै : राहदानी, जन्म प्रमाणपत्र, पुलिस रिपोर्ट । यी सबै विवरण दुतावासमा बुझाइसकेपछि अन्तर्वार्ताको लागि तयारी गर्नुपर्छ । अन्तर्वार्ताका लागि ३३० डलर चार्ज लाग्नेछ ।

यदि सबै कागजात मान्य भएर अन्तर्वार्तामा पास भएपछि तपाइं अमेरिका जानसक्नुहुन्छ ।

पूण विवरणका लागि यो लिंक थिच्नुहोस् : https://travel.state.gov/content/travel/en/us-visas/immigrate/diversity-visa-program-entry/diversity-visa-if-you-are-selected/diversity-visa-submit-your-iv-and-alien-registration-application.html

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?