नेपाली नागरिकता लिने १२ जना भारतीय पक्राउ

लोकपथ
84
Shares

काठमाडौं । नेपाली नागरिकता लिने १२ जना भारतीय नागरिक पक्राउ परेका छन् । झुटो विवरण पेश गरेर नेपाली नागरिकता लिएको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालयले १२ जना भारतीयलाई पक्राउ गरेको हो ।

१२ जनासँगै भारतीय र नेपाली नागरिकता भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले घटनाको थप विवरणका लागि आइतबार पत्रकार सम्मेलन गर्ने जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?