२० मङ्सिर २०८०, बुधबार

सुरक्षित बस्ती विकासमा जोड

२०७४,कार्तिक,७,मंगलवार १०:०४

0
Shares

 ललितपुर, ७ कात्तिक ।राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पपछिको भौतिक पुनःनिर्माण गर्दा भूकम्प प्रतिरोधात्मक सुरक्षित बस्ती विकासमा जोड दिनुपर्ने बताएकी छिन ।आजदेखि शुरु भएको ज्यापू सङ्ग्रहालय महोत्सवका अवसरमा ज्यापू समाजद्वारा निर्मित ज्यापू सङ्ग्रहालयको उद्घाटन गर्दै उनले परम्परागत शैली झल्कने किसिमको भौतिक निर्माण गर्न आग्रह गरीन । उनले कलानगरी पाटनमा बन्ने हरेक भौतिक निर्माण आफ्नै मौलिक झल्कने हुनुपर्नेमा जोड दिँदै निर्माणमा आफ्नै सीप, स्रोत र साधन प्रयोग गरिनुपर्ने बताइन ।सो अवसरमा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले ज्यापू समाजद्वारा स्थापित संग्रहालय वाग्मती सभ्यताको प्रतीक रहेको बताउँदै देश विकासका लागि ऐतिहासिक र सांस्कृतिक वस्तुको जगेर्ना र संरक्षण अनिवार्य छ भने ।रक्षामन्त्री भीमसेनदास प्रधानले काठमाडाँैं उपत्यकाको आदिवासी रैथाने ज्यापू समुदायले स्थापना गरेको संग्रहालयले ज्यापू समुदायको पहिचानलाई संरक्षण गर्ने विश्वास व्यक्त गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भूकम्पपछिको पुनःनिर्माण गर्दा ऐतिहासिकतालाई ख्याल गर्नुपर्ने बताए ।समाजका अध्यक्ष प्रेम महर्जनले ज्यापू समुदायको भाषा, धर्म र संस्कृति जोगाउने उद्देश्यले संग्रहालयको स्थापना गरिएको बताए । महोत्सव तीन दिनसम्म चल्ने छ । सो अवसरमा वाङ्मय शताब्दी पुरुष जोशीलाई उनकै अर्धकदको शालिक हस्तान्तरण गरिएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार १०:०४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार