काठमाडौं । दाङमा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१५ कपासीस्थित होटलका संचालक सोही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने ४२ वर्षीय डोर बहादुर खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
खत्रीले आफ्नै होटलमा काम गर्ने ती महिलालाई जबरजस्ती करणी गरेपछि जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया