काठमाडौं । विराटनगरबाट ५४ तोला सुन र साढे सात लाख भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक विनोद मुरारका र उनकी श्रीमती पुष्पा मुरारका रहेका छन् । प्रहरीले उनीहरूलाई शुक्रबार साँझ पक्राउ गरेको हो ।
को २ च १४९५ नम्बरको कारमा सुन र भारतीय रुपैयाँ भारत लैजाने प्रयास गर्दा उनीहरू पक्राउ परेका हुन् ।
बरामद सुन र चाँदीको मूल्य ९० लाख बराबरको रहेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया