काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ३२ सिटे भनेर माओवादी केन्द्रलाई हेप्ने गरिएको बताएका छन् ।दलित संगठनले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने बताएका छन् ।
उनले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ अभिएपछि आफ्नो पार्टीले भविष्यमा बहुमत ल्याउन सक्ने पनि बताए । ‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ उनले भने ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया