काठमाडौं । पूर्व गृहमन्त्री एवम नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले आफ्नो चरित्रहत्या भएको बताएका छन् । नेता खाणले शनिबार एक विज्ञप्ति जारी गर्दै आफ्नो चरित्रहत्या भएको उल्लेख गरेका हुन् ।
‘आधारहीन, तथ्यहीन र संलग्न हुँदै नभएका घटनामा संलग्न भयो भन्दै र जाँदै नगएका स्थानमा भ्रमणमा गएको भन्ने समाचारले अन्योल उत्पन्न हुने र व्यक्तिगत चरित्रहत्या हुने हुँदा यस्ता समाचार सम्प्रेषित नगरी दिनुहुन अनुरोध छ ।’ उनले विज्ञप्तिमा भनेका छन् ।
साथै उनले विभिन्न सञ्चारमाध्यममा मेरोबारे प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको पनि बताएका छन् ।
नक्कली शरणार्थी प्रकरणमा नेता खाणको पनि नाम जोडिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया