काठमाडौं । शंकर कँडेलको आत्महत्या प्रकरणमा जोडिएका प्रदीप रुगटालाई हालसम्म पक्राउ नगरिएको भन्दै चितवन तनावग्रस्त बनेको छ । शंकर कँडेल न्यायिक संघर्ष समितिको नाममा बन्द आह्वान गरिएको हो ।
हाल बन्दको प्रभाव राजमार्ग क्षेत्रमा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । नारायणगढको पुल्चोक, मुग्लिन र खैरहनीलगायतका स्थानमा हाल सडक अवरुद्ध भएको छ ।
कांग्रेस चितवनका निवर्तमान कोषाध्यक्षसमेत रहेका पोल्ट्री व्यवसायी शंकर कँडेलले अनमोल फिड्सको आफ्नै कार्यालयमा गत मंगलबार साँझ झुण्डिएर आत्महत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया