काठमाडौं । लियोनल मेस्सीले माफी मागेका छन् । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) क्लबको अनुमति बिना साउदी अरबको भ्रमण गरेको विषयमा मेस्सीले माफी मागेका हुन् ।
‘मैले गरेको कामका लागि म माफी चाहन्छु र क्लबको निर्णय पर्खिरहेको छु,’ मेस्सीले एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘मैले साउदी अरेबियाको यो यात्रा पहिले रद्द गरेको थिएँ। यस पटक मैले रद्द गर्न सकिन।’
मेस्सीले क्लबको अनुमति बिना साउदी अरेबियाको भ्रमण गरेपछि पीएसजीले मेस्सीलाई दुई साताका लागि निलम्बन गरेको थियो । विश्वकप विजेता मेस्सीको पीएसजीसँगको दुई वर्षको सम्झौता यसै समरमा सकिँदैछ। सम्झौता सकिएपछि मेस्सीले क्लब छाड्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया