संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटना

लोकपथ
280
Shares

संखुवासभा । संखुवासभामा सिम्रिक एयरको हेलिकप्टर दुर्घटनामा परेको छ ।

शुक्रबार दिउँसो सामान बोकेको हेलिकप्टर भोटखोला गाउँपालिका–४ सिब्रुङमा दुर्घटना भएको हो ।

दुर्घटनाको खबरपछि प्रहरी त्यसतर्फ गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका पहरी सहायक निरीक्षक (असई) तुलसीराम राईले लोकपथलाई जानकारी दिए ।

उक्त हेलिकप्टरले माथिल्लो अरुण जलविद्युत आयोजनाको सामान बोकेको बताइएको छ ।

घटनाको थप विवरण आउन बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?