२० मङ्सिर २०८०, बुधबार

प्रमलाई बधाई

२०७४,कार्तिक,७,मंगलवार ०९:४४

0
Shares

काठमाडौँ, ७ कात्तिक ।नेपालका लागि क्यानडा र न्यूजिल्यान्डका राजदूतले नेपाल संयुक्त राष्ट्रसंघीय मानवाधिकार परिषद् (युएनएचआरसी)को सदस्यमा निर्वाचित भएकामा प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन ।प्रधानमन्त्री देउवासँग आज प्रधानमन्त्री कार्यालय सिंहदरबारमा यहाँस्थित क्यानाडाली राजदूत नदिर पटेल र न्यूजिल्यान्डका गैरआवासीय राजदूत जोन्ना मेरी केम्प्कर्सले अलग अलग भेटी बधाई दिएका हुन ।सो अवसरमा प्रधानमन्त्री देउवा र राजदूतहरुका बीचमा द्विपक्षीय सम्बन्धका विविध विषयमा छलफल भएको उनका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराईले राससलाई जानकारी दिए । प्रधानमन्त्री देउवाले मानवअधिकार परिषद्मा रहँदा नेपाललाई सम्पूर्ण सदस्य देशको सहयोग हुने विश्वास व्यक्त गरेका थिए ।सन् २०२०–२०२१ का लागि राष्ट्रसंघीय सुरक्षा परिषद्को सदस्यका लागि क्यानडाले आफ्नो उम्मेदवारी घोषणा गरिसकेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि न्यूजिल्यान्डका राजदूत केम्प्कर्सलेसोमबार मात्र आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका थिए । 

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०९:४४

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । पोर्चुगल पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–८

धनकुटा । धनकुटामा गत एक हप्तादेखि ढोल नाच (पापनी) र मारुनी नाचेर मनाइने वाडाङ्मी पर्वको रौनक छाएको छ । विशेष

काठमाडौं । तेस्रो अन्तरराष्ट्रिय जलरङ्ग महोत्सव (वाटर कलर फेस्टिबल) आज देखि सुरु भएको छ । शनिबार नेपाल कला परिषद्मा अन्तरराष्ट्रिय

काठमाडौं । नेपालका महिला प्रहरी अधिकृतहरुको नाम लिँदा प्रहरी नायब उपरीक्षक (डिएसपी) पूर्णिमा चन्दको नाम पहिलो लहरमै आउँछ । जो

ताजा समाचार