काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ ।
आगामी वैशाख २६ गतेका लागि बैठक आह्वान गरिएको एमालेका प्रचारविभाग उपप्रमुख विष्णु रिजालले लोकपथलाई जानकारी दिए ।
बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने लगायतका एजेण्डा रहेको बताए ।
‘२६ गतेका लागि बैठक आह्वान गरिएको छ ।’ उनले भने, ‘बैठकमा केन्द्रीय कमिटी बैठक बोलाउने र एजेण्डा तय गर्ने विषयमा छलफल हुनेछ ।’
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया