लुम्बिनी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुद्धका अनुयायी राजा अशोकसँग आफ्नो जीवन मेल खान गएको दाबी गरेका छन् ।
शुक्रबार २५६७अौँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवस– २०८० को अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले सो कुरा बताएका हुन् ।
मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको बाटोमा जाँदा बुद्धको अनुयायी बने जस्तै आफूपनि युद्धबाट शान्तिको बाटोमा गएकोले त्यससँग मेल खान गएको बताए ।
प्रचण्डले भने, ‘बुद्धका अनुयायी मौर्य वंशका चक्रवर्ती राजा अशोक युद्धबाट शान्तिको मार्गमा जाँदा जीवनको उत्तरार्द्धमा बुद्धका अनुयायी बनेजस्तै हाम्रो सन्दर्भमा समेत मेल खान जान्छ ।’
त्यस्तै ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा नहुने बताउँदै नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए ।
‘ज्ञान र दर्शनको कुनै राष्ट्रिय सीमा हुँदैन तर पनि नेपालले आफ्नो मौलिक सभ्यता र संस्कृतिको संरक्षण गरेर मात्र ज्ञान÷विज्ञानको क्षेत्रमा नयाँ पहल लिन सक्ने छ ।’ प्रधानमन्त्री प्रचण्डले भने ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आमूल परिवर्तनको आकांक्षासहित शुरू गरिएको जनयुद्ध संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनासहित शान्ति प्रक्रियामा रूपान्तरण हुनुले क्रान्ति र शान्ति एकअर्काको पुरक रहेको बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया