मिटरब्याजीहरुलाई ७ वर्ष कैद र ७० हजारसम्म जरिवाना हुने

लोकपथ
77
Shares

काठमाडौं । मिटरब्याज लगाउने कार्यमा संलग्नलाई ७ वर्ष कैद र ७० हजार जरिवाना हुने भएको छ ।

केहीदिन अघि राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गरेका थिए ।

उक्त अध्यादेश राजपत्रमा प्रकाशित भएसँगै सो नियम लागू भएको हो ।

‘लेनदेनको कारोबारका आधारमा कसैले ऋणीलाई उपदफा २ बमोजिमको काम गर्न, गराउन वा अनुचित लेनदेनको रकम असुल उपर गर्न ऋणीलाई हैरानी पुर्याउनु हुँदैन ।’ राजपत्रको उपदफा ३ मा भनिएको छ, ‘उपदफा १ बमोजिम वा ३ बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद र सत्तरी हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।’

मिटरब्याजी पीडितहरुले लामो समयदेखि तराईका विभिन्न जिल्लाबाट हिँडेर काठमाडौं आइ धर्ना दिएपछि सरकारले कानुन संशोधन गरेर मिटरब्याजीहरुलाई कानुनी दायरामा ल्याउने जनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?