काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्रका तारहरु व्यवस्थापन गर्न तत्पर रहेको जनाएको छ ।
महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले यसअघि तार व्यवस्थापन गर्न सरकारलाई गुहार्दा पनि समस्या यथावत रहेको बताए । सामाजिक सञ्जालमा लेख्दै मेयर शाहले समस्यालाई यथावत राखेर शहरलाई सुन्दर बनाउन नसकिने बताए । अव्यवस्थित तारका कारण आगलागीका घटना समेत बढ्ने भन्दै महानगरको अधिकार क्षेत्रभित्रको तार व्यवस्थापनका लागि आफूहरु तत्पर रहेको बताए ।
‘समस्यालाई यथावत राखेर हामीले व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न सक्दैनौँ । आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुगेमा हामी खेद प्रकट गर्दछौ ।’ उनले भनेका छन् ।
यसअघि अघिल्लो वर्ष अव्यवस्थित तारका कारण महानगरभित्रको ३५ ठाउँमा आगलागीका घटना भएको तर सम्बन्धित निकायले ध्यान नदिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया