गलकोट नगर अस्पतालमा अत्याधुनिक डिजिटल एक्सरे सेवा

लोकपथ
0
Shares

बागलुङ । गलकोट नगर अस्पतालमा आजबाट अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे सेवा शुरु गरिएको छ ।

गलकोट नगरपालिकाको आर्थिक सहयोगमा अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसिन खरिद गरि सेवा प्रदान गर्न सुरु गरिएको गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले जानकारी दिए। नगरबासी नागरीकलाई अत्याधुनिक सुविधा सहितको स्वास्थ्य सेवा प्रदान गर्न डिजिटल एक्सरे मेसीन खरिद गरी सञ्चालनमा ल्याईएको बताए ।

गलकोट नगरपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक बजेट मार्फत १६ लाख मुल्य पर्ने उक्त अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसीन खरीद गरिएको गलकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुशिल पौडेलले जानकारी दिए । उनले यसभन्दा पहिले अस्पतालमा म्यानुअल एक्सरे मार्फत् सेवा दिदै आएकोमा अव भने सुविधा सम्पन्न डिजिटल एक्सरे मेसीनमार्फत् सेवा दिन थालिएको बताए।

डिजिटल एक्सरे मेसीनको सेवा सुरु भएसँगै अब भनें अस्पतालमा आउने बिरामीहरुलाई सहज हुने गलकोट नगर अस्पतालले जनाएको छ । आज पहिलो दिन अत्याधुनिक प्रविधिको डिजिटल एक्सरे मेसीनबाट ५ जनाले सेवा लिएको समेत जनाईएको छ ।

अहिले गलकोट नगर अस्पतालमा दिनहुँ बिरामीको चाप बढ्न थालेपछि आकस्मिक कक्ष (ईमर्जेन्सी सेवा) समेत सञ्चालनमा ल्याईएको छ । अस्पतालमा बिरामीहरुको भर्ना गरी चौबिसै घण्टा स्वास्थ्य सेवा प्रदान गर्न थालिएको गलकोट नगर अस्पताल व्यवस्थापन समितिका सदस्य तथा गलकोट नगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष पवन हमालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?