काठमाडौं । नवनियुक्त युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले पदभार ग्रहण गरेका छन् ।
बिहीबार दिउँसो मन्त्रालय पुगेर मन्त्री लिम्बूले पदभार ग्रहण गर्दै आफूले दैनिक १८ घण्टा दिएर काम गर्ने बताए ।
पदभार ग्रहणपछि बोल्दै उनले केही समय अध्ययन गर्न लाग्ने त्यसपछि काममा लाग्ने बताए ।
‘केही समय अध्ययन गर्न समय लाग्छ, काममा विश्वास गर्ने मानिस हो म। हरेक कुरालाई सकारात्मक ढंगबाट लिनुपर्छ, नेपालीले गर्न सक्छन् भन्नेकुरा खेलाडी साथीहरूले देखाइरहनुभएको छ। म १८ घन्टा समय दिएर काम गर्नेछु,’ मन्त्री लिम्बूले भने ।
उनले खेल र खेल क्षेत्रको भौतिक तथा पूर्वाधार विकास गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया