शुक्रबारसम्म नेविसंघ र तरुण दललाई पूर्णता दिने कांग्रेसको तयारी

लोकपथ
63
Shares
फाइल तस्बिर

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना भातृ संगठन नेपाल विद्यार्थी संघ र तरुण दलको महाधिवेशन आयोजक कमिटीलाई पूर्णता दिने भएको छ ।

आज सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले शुक्रबारसम्म दुवै संगठनको महाधिवेशन कमिटीलाई पूर्णता दिने भएको हो ।

हालसम्म नेविसंघ र तरुण दलमा अध्यक्ष बाहेक अन्य पदाधिकारी तथा सदस्य नियुक्त हुन सकेका छैनन् । महाधिवेशन आयोजक कमिटीलाई पूर्णता दिएर छिट्टै भातृ संस्थाको महाधिवेशन गर्न लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?