सिंहदरबारमा निजामति कर्मचारीहरुको धर्ना

लोकपथ
98
Shares

काठमाडौं । निजामति कर्मचारीहरुले सिंहदरबारमा धर्ना दिएका छन् ।

सरकारले संघीय निजामति ऐन छिटो ल्याउनुपर्ने मागसहित बिहीबार धर्ना दिएका हुन् ।

यसअघि निजामति कर्मचारीहरुको विभिन्न संगठनले आन्दोलनको कार्यक्रम घोषणा गरेका थिए । यद्यपि सरकारसँग आवश्यक छलफलका लागि वार्ता टोली गठन गरेपछि आन्दोलन स्थगित गरेका थिए ।

त्यसो त उनीहरुले २४ वैशाखसम्म ऐन जारी नगरे आन्दोलन चर्काउने चेतावनी समेत दिएका छन् ।

सरकारले उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?