१३ मङ्सिर २०८०, बुधबार

अध्यक्ष लिम्बूमाथी आक्रमण, आक्रमणको आरोपमा एक पक्राउ

२०७४,कार्तिक,७,मंगलवार ०९:१५

9
Shares

टाँडी युवा क्लबका अध्यक्ष महेन्द्र थेगिम लिम्बूलाई एक समूहले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएको छ ।सोमबार बेलुका ८ बजे मिक्लाजुङ वडा नं. ६ कालिझोडामा मिक्लाजुङ–४ हात्तिमाराका मिलन श्रेष्ठ, सोही ठाउँका मदन चेम्जोङ, सन्दीप चेम्जोङसहित १२ जनाको समूहमा आएका एक झुण्डले खुकुरी, रडलगायत धारिलो हतियारको प्रयोग गरी लिम्बूलाई घाइते बनाएको हो । उक्त समूहले २४ बर्षका लिम्बू र सोही उमेरका सुजन लकान्द्रीलाई विना कारण धारिलो हतियार प्रयोग गरी ज्यान मार्ने नियतले उक्त घटना घटाइएको पीडित परिवारको आरोप छ । लकान्द्री सामान्य घाइते भएको जनाइएको छ । घटनामा सम्लग्नको खोजी गरी कानूनी कार्वाहीको माग गर्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय उर्लाबारीमा उजुरी दिएका छन् । यसैबीच लिम्बूमाथि खुकुरी प्रहार गरेको अभियोगमा मंगलबार प्रहरीले एक युवालाई पक्राउ गरेको छ । सो अभियोगमा उर्लाबारी–७ का २५ बर्षीय मिलन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । घाइते थेगिमको टाउकोमा चोट लागेको छ । उनको उर्लाबारी–५ स्कुलडाँडास्थित अरनिको अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताएका छन् । आइतबार टाँडीमा भएको सांगितिक कार्यक्रमका युवाहरुबीच झगडा भएको थियो ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०९:१५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल प्रहरीका प्रमुख आइजीपी बसन्त कुँवरले सुरक्षाको कुरा सरकारको मात्र विषय नभएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित

काठमाडौं । एसएसपी सोमेन्द्रसिंह राठौरले, नेपालमा सामाजिक सञ्जाललगायतबाट साइबर अपराध बढ्दै गएको बताएका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको

काठमाडौं। सशस्त्र प्रहरी बल(एपीएफ)का एसपी सुमन थपलियाको निधन भएको छ। आज (शनिबार) १३ नम्बर गण पर्साका प्रमुख थपलिया अचानक ढलेका

काठमाडौं । बाढी तथा पहिरोबाट प्रभावित इलाकाहरुमा नेपाली सेनाले खोज तथा उद्दारलाई निरन्तरता दिएको छ । नेपाली सेनाले, देशका विभिन्न

ताजा समाचार

ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
 २०८०,मङ्सिर,१३,बुधबार १६:५८