टोपबहादुरका छोरा सन्दीपलाई काठमाडौं ल्याइयो, अदालतमा उपस्थिति गराउने तयारी

लोकपथ
168
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री एवं एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ ।

बुधबार भैरहवाबाट पक्राउ परेका उनलाई आज काठमाडौं ल्याइएको हो । केहीबेरमा अदालतमा उपस्थित गराउने तयारी भइरहेको छ ।

त्यसो त आज बिहान सोही प्रकरणमा मुछिएका टोपबहादुरलाई पनि पक्राउ गरी काठमाडौं ल्याउने तयारी गरिएको छ ।

यसअघि नै सो प्रकरणमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई पक्राउ गरि अदालतबाट हिरासतमा राख्न आदेश प्रहरीले पाइसकेको छ ।

भने सो प्रकरणमा मुछिएका अन्य व्यक्तिहरुलाई समेत प्रहरीले पक्राउ गरि अनुसन्धान थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?