काठमाडौं । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव एवं सांसद टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
बिहीबार बिहान प्रहरीले रायमाझीलाई भैरहवाबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ ।
स्रोतका अनुसार उनलाई काठमाडौं ल्याउने तयारी भइरहेको छ ।
यसअघि सोही प्रकरणमा मुछिएका उनका छोरा सन्दीप रायमाझीलाई बुधबार नै पक्राउ गरिसकेको छ ।
त्यस्तै तत्कालिन गृहसचिव टेकनारायण पाण्डेलाई समेत प्रहरीले बुधबार नै पक्राउ गरि अनुसन्धान थालेको छ । भने तत्कालिन गृहमन् त्री एवं एमाले नेता रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई समेत प्रहरीले पक्राउ गरिसकेको छ । भने उनको छोरा प्रतिक थापालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतको अनुमती प्रहरीले लिएको छ ।
यता नेकपा एमालेले सो प्रकरणमा मुछिएकाहरुलाई कानुनी आधारमा सघाउने बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया