यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

लोकपथ
357
Shares

काठमाडौं । मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन आह्वान गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले २४ वैशाखका लागि मन्त्रिपरिषद् बैठक बोलाउनेसहितका निर्णय गरेको हो ।

त्यस्तै बैठकले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने लगायत मुख्य ५ निर्णय गरेको छ ।

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु :

१– आगामी वैशाख २४ गते संसद अधिवेशन आव्हान गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने ।

२– एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख र अन्य टिम अफिसियललार्ई जनही ३ लाख प्रोत्साहन स्वरुप उपलब्ध गराउने ।

३–कीर्तिपुरस्थित क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको मैदान बनाउन आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी निर्माण कार्य सम्पन्न गर्ने ।

४– कोशीटप्पु वन्यजन्तु आरक्ष स्थापना गर्दा बिस्थापितहरुका सन्दर्भमा थप छानविन गरी समस्या समाधान गर्न आयोग पुनर्गठन गरी तीन महिना म्याद थप गर्ने ।

५–विज्ञापन नियमन गर्ने ऐन २०७६ मा भएको एकद्वार र समानुपातिक विज्ञापनका सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी विज्ञापन नियमावली २०७७ संशोधन गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?