गीतकार शम्भु जमरकट्टेलको ‘कसैलाई यो जीन्दगी’ सार्वजनिक (भिडियोसहित)

लोकपथ
8.6k
Shares

काठमाडौं । गीतकार शम्भु जमरकट्टेल ‘हेदाङ्गने’को नयाँ गीत ‘कसैलाई यो जीन्दगी’ सार्वजनिक भएको छ ।

बुधबार शशी कुञ्ज नामक यूट्यूब च्यानलबाट सो गीतको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतमा प्रेक्क्षा गौतमको स्वर रहेको छ । त्यस्तै उक्त सुमधुर गीतमा बसन्त सापकोटाले संगीत भरेका छन् भने बिसम आचार्यले मिक्सिङ गरेका छन् ।

गीतको म्युजिक भिडियोमा अनु पराजुली, सागर चलाउने, रोबन मगर र बाल कलाकार प्रपोज सुनारको अभिनय रहेको छ ।

सागर चलाउनेको निर्देशनमा रहेको सो म्यूजिक भिडियोका दृष्यहरु विशाल परियारले क्यामेरामा कैद गरेका हुन् भने अनिल विष्ट प्यूठानीले सम्पादन गरेका हुन् ।

उक्त गीतमा एउटा मान्छेले जीवन जिउने क्रममा पाउने हन्डर ठक्करलाई मिहिन ढंगले देखाएको छ । घुमाउरो तरिकामा प्रेमलाई केन्द्रका राखिएको उक्त गीतले पारिवारिक घटनामा आधारित कथालाई समेटेको छ ।

उक्त गीतलाई हालसम्म सयौँ जनाले हेरिसकेका छन् भने राम्रो प्रतिक्रिया पाइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?