काठमाडौं । काठमाडौं जिल्ला अदालतले पक्राउ परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डेलाई तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ ।
पाण्डे नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका थिए ।
तत्कालीन गृहसचिव रहेका पाण्डेले यो प्रकरणमा गिरोहलाई सहयोग गरेको देखिएको भन्दै प्रहरीले उनलाई बुधबारै पक्राउ गरेको थियो ।
प्रहरीले अनुसन्धानका लागि थप तीन दिन हिरासतमा राख्न अनुमति मागेको थियो । सो प्रकरणमा प्रहरीले पूर्व उर्जामन्त्री एवं नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीप रायमाझी र गृहमन्त्री एवं एमाले नेता रामबहादुर थापा बादलका छोरा प्रतिक थापालाई समेत पक्राउ पुर्जी जारी गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया