काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले कुनै पनि बहानामा प्रेसमाथि अंकुश लगाउने कार्य लोकतान्त्रिक राज्यको लागि शोभनीय नहुने जनाएको छ ।
पछिल्लो समय स्वतन्त्रताको सीमाहीन अभ्यास र घृणायुक्त अभिव्यक्तिको मारमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता पर्दै गएकोप्रति आयोग चिन्ता व्यक्त गर्दै घृणायुक्त अभिव्यक्तिले अन्ततः प्रेस स्वतन्त्रतामाथि नै हानी पुर्याउने हुँदा अभिव्यक्ति स्वतन्त्रताको आवरणमा हुने घृणायुक्त अभिव्यक्तिप्रति सम्बन्धित निकायबाट नियमन आवश्यक रहेकोमा सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
विश्व प्रेश स्वतन्त्रता दिवसका अवसरमा बुधबार आयोगले विज्ञप्ति जारी गर्दै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गर्नु सबैको कर्तव्य भएको स्मरण गराएको हो ।
आयोगले नेपाललगायत विश्वमा नै मानव अधिकारको महत्वपूर्ण संवाहक रहेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको चुनौती कायम रहेको पनि जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया