सार्वजनिक पद धारण गरेका व्यक्तिको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने

लोकपथ
91
Shares

काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिको बालबालिका सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।

गाउँपालिकाले आज एक सूचना जारी गर्दै सामुदायिक विद्यालयहरुलाई थप व्यवस्थित र प्रभावकारी बनाई गुणस्तरीय शिक्षा सुनिश्चितता गर्न सहयोग पुयाउने उद्देश्यले सो निर्णय गरिएको बताएको छ ।

“गाउँ शिक्षा समितिको मिति २०६०र०१र१७ की बैठकबाट यस गाउंपालिकामा सार्वजनिक पदधारण गरेका जनप्रतिनिधि, बहालवाला शिक्षक, कर्मचारी, वि.व्य.स. र शिक्षक अभिभावक संघका पदाधिकारीहरुका बालबालिका सामुदायिक विद्यालयमा भनां गराउन निर्णय सहितको सिफारिस भई आएकोमा मिति २०८० र०१र१८ को लिसंखु पाखर गाउँ कार्यपालिका बाट गाउँ शिक्षा समितिको सिफारिस अनुसार सार्वजनिक पदधारण गरेका सबैको बालवालिका सामुदायिक विद्यालयमा भर्ना गराउने निर्णय भएको हुँदा लिसंखु पाखर गाउँपालिकामा सार्वजनिक पदधारण गरेका जनप्रतिनिधिहरु, वि.व्य.स. र शिक्षक अभिभावक संघका पदाधिकारीहरु तथा बहालवाला शिक्षक र कर्मचारीका वालवालिका सूचना प्रकाशित मितिले ७ दिनभित्र अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गराई सो को जानकारी शिक्षा शाखामा उपलब्ध गराइदिन हुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।” सूचनामा भनिएको छ ।

हेर्नुहोस् सूचना : 

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?