माधव नेपालको चेतावनी– ‘हामीलाई बाइपास गरे गठबन्धन धरापमा पर्नसक्छ’

लोकपथ
49
Shares
cWoIf g]kfn sf7df8f}F, !! kmfu’g M g]skf -PsLs[t ;dfhjfbL_ sf cWoIf dfwjs’df/ g]kfn laxLaf/ kf6L{sf] afudtL k|b]; sld6Ln] cfof]hgf u/]sf] k|lzIf0f sfo{qmddf dGtJo JoQm ug'{x’Fb} . tl:a/ M xl//fd e]6’jfn÷/f;;

काठमाडौं । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई सम्मानजनक व्यवहार नभए गठबन्धन धरापमा पर्नसक्ने चेतावनी दिएका छन् ।

बुधबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

कर्णाली प्रदेश सरकार निर्माण गर्दा वेवस्ता गरि एकलौटी गर्न खोजिएको बताउँदै आफूहरुलाई बाइपास गर्न खोजिए गठबन्धन धरापमा पर्नसक्ने चेतावनी दिए ।

‘कर्णालीमा हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ। सरकारमा एकलौटी गर्न खोजिएको छ । यो राम्रो होइन। गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ ।’ नेपालले भने ।

त्यसैगरी आफू प्रधानमन्त्री हुँदा सरकारी सम्पती दुरुपयोग नगरेको बताउँदै राम्रो काम गर्दा गर्दै पनि कुनै प्रचारप्रसार हुन नसकेको दुखेसो व्यक्त गरे । त्यस्तै २०७४ को निर्वाचनमा दुई तिहाइ बराबरको मत पार्टीले ल्याउँदा त्यसलाई जोगाउँन नसक्दा कम्युनिष्ट एकता तितरवितर हुन पुगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?