स्मार्ट टेलिकमको दूरसञ्चार प्रणाली खोज्दै प्राधिकरण

लोकपथ
0
Shares

नेपाल दूरसञ्चार प्राधिकरणले दूरसञ्चार पूर्वाधार संरचना, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल चालू अवस्थामा हस्तान्तरण गर्न स्मार्ट टेलिकमलाई निर्देशन दिएको छ ।

प्राधिकरणले अनुमतीपत्र बहाल नरहेका दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम ९ को उपनियम (१) बमोजिम यस्तो निर्देशन दिएको हो ।

लाइसेन्स नवीकरणका लागि नियमानुसार दस्तुर दाखिला गरी निवेदन पेश नगरेपछि दूरसञ्चार ऐनअनुसार स्मार्ट टेलिकमको लाइसेन्स स्वतः खारेज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?