काठमाडौं । १० वैशाखमा सम्पन्न उपनिर्वाचनबाट निर्वाचित उपेन्द्र यादवले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।
आज एक समारोहकाबीच यादवले शपथग्रहण गरेका हुन् ।
सभामुख देवराज घिमिरेले उनलाई पद तथा गोपनियताको शपथग्रहण गराएका हुन् ।
उपनिर्वाचनमा यादव बारा क्षेत्र नं २ बाट निर्वाचित भएका थिए ।
त्यसो त तनहुँ क्षेत्र नं १ र चितवन क्षेत्र नं २ बाट निर्वाचित रास्वपाका डा. स्वर्णिम वाग्ले र रवि लामिछानेले पद तथा गोपनियताको शपथग्रहण गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया