ज्याकारान्डाले खुलेको काठमाडौं (फोटोफिचर)

लोकपथ
390
Shares

काठमाडौं । चैत वैशाख वसन्तमा फूल्छन फूलै फूल’ । सानो छँदा मुखाग्र बनाएको यस कविताको तात्पर्य त्यसवेलाको कलिलो मस्तिष्कले केलाउन नसकेपनि अहिले राजधानीका सडक, गल्ली चहार्दै गर्दा यही कविताले वेलावेला घच्घचाइरहन्छ । कारण हो, ज्याकारान्डा फूल । जसको पूरा नाम हो ज्याकारान्डा मिमोसिफोलिया ।

काठमाडौंको घन्टाघर, रत्नपार्क, भृकुटिमण्डप, बबरमहल लगायतका सडकलाई झपक्कै छोपेको यस फूलको दृश्यले कसको मन नलोभ्याउला र ?

काठमाडौं शहर सोच्नासाथ हाम्रो मनसपटलमा धुवाधुलो मात्र आउँछ, तर काठमाडौंको मुख्य–मुख्य शहरका सडकमा ढकमक्क फुलेका ज्याकारान्डाले आँखा र मन दुवैलाई शितलता दिइरहेका छन् आजभोलि।

हेर्नुहोस् तस्बिर : 

 

 

तस्बिर : भुवन कार्की

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?