काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आफ्नो उपचारमा लागेको खर्च आफैँ व्यहोर्ने भएका छन् ।
स्वास्थ्यमा समस्या देखिएसँगै त्रिवि शिक्षण अस्पताल र दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) उपचार गराइएको थियो ।
राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले विज्ञप्ति जारी गर्दै नेपाल र भारतमा उपचारको क्रममा लागेको खर्च राष्ट्रपति स्वंयले व्यहोर्न चाहेको जानकारी गराएका हुन् ।
‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरुको सुझाव अनुसार भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) उपचार भएको दिदिबहिनी दाजुभाईहरमा विदितै छ ।’ जारी विज्ञप्तिमा भनिएको छ, ‘उपचारको क्रममा भएको उपचार खर्च सम्मानीय राष्ट्रपति ज्यू स्वंयले बेहोर्न चाहेको कुरा जानकारीका लािग अवगत गराइन्छ ।’
स्वास्थ्यमा समस्या देखिएपछि गत वैशाख ६ गते भारत लगिएको थियो । नेपालमा सम्भव हुँदाहुँदै भारत उपचारको लागि लगिएको भन्दै राष्ट्रपतिको आलोचना समेत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया