क्रिकेट खेलाडीलाई बधाई दिँदै प्रधानमन्त्रीले भने– ‘सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्नेछु ’

लोकपथ
56
Shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमा लेख्दै यो जितले देशको पहिचान र प्रतिष्ठा एवं नेपालीहरुलाई उर्जा प्रदान गरेको बताए ।
साथै खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘एसीसी प्रिमियर कप जित्न सफल भएकोमा नेपाली क्रिकेट टोलीलाई हार्दिक बधाइ ज्ञापन गर्दछु । देशको पहिचान र प्रतिष्ठा एवं नेपालीलाई उर्जा प्रदान गर्ने खेलाडीहरूको योगदानप्रति उच्च सम्मान गर्दै सरकारको तर्फबाट थप प्रोत्साहन र पुरस्कृत गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’ प्रधानमन्त्रीले भनेका छन् ।

आज भएको खेलमा नेपालले युएइलाई हराउँदै एसियन कप खेल्नका लागि बाटो खोलेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?