काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र जनमत पार्टीका अध्यक्ष डा. सिके राउतबीच भेटघाट भएको छ ।
भेटघाटको क्रममा पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको कामकारबाहीको बारेमा कुराकानी भएको बताइएको छ । साथै नयाँ राजनीतिक दलको नेपालमा भविष्य के भन्ने विषयमा समेत कुराकानी भएको छ ।
गत निर्वाचनबाट उदाएका दुवै दलका नेताहरुले एक अर्काप्रति सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् ।
भेटबारे जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीको आधिकारिक फेसबुकबाट नयाँ शक्तिहरुबीचको सौहार्दताको सन्देश दिएको बताइएको छ । नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता रहेको बताइएको छ ।
‘नयाँ शक्तिहरू बीचको सौहार्दता : नयाँ र केही गरौं भन्दै नेपालको राजनीतिमा उदाएका नयाँ शक्तिहरूबीच हार्दिकता र स्वच्छ प्रतिस्पर्धा आजको आवश्यकता हो ।’ रास्वपाले भनेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया