दाङ । सङ्घीय मामिला तथा सामान्य प्रशासनले दाङको १० स्थानीय तहलाई तीन दुर्गम, सुगम र मध्यम स्तरमा वर्गीकरण गरेको छ ।
वर्गीकरण अनुसार घोराही उपमहानगरपालिका र तुलसीपुर उपमहानगरपालिका सुगममा परेको छ । त्यस्तै बङ्गलाचुली र राजपुर गाउँपालिका दुर्गममा परेको छ भने लमही नगरपालिका सहित, दङ्गीशरण, शान्तिनगर, बबई, राप्ती र गढवा गाउँपालिका मध्यम स्तरमा वर्गाीकरण परेको छ ।
सामाजिक र भौगोलिक आर्थिक विकासका अधारमा सरकारले ७ सय ५३ वटै स्थानीय तहलाई ४ भागमा वर्गीकरण गरेको सूची सार्वजनिक गरेको छ । यातायात सुविधा, प्रदेश राजधानीको दुरी, स्वास्थ्य, शिक्षा, सञ्चार, विद्युत् मानव विकस सूचांक आदिका आधारमा वर्गीकरण गरिएको संघीय प्रशासनले जानकारी दिए । अति दुर्गमलाई ‘क’, दुर्गमलाई ‘ख’, मध्यमलाई ‘ग’ र सुगमलाई ‘घ’ मा राखिएको छ ।
यसरी वर्गीकरण गर्दा स्थानीय तहको विकास सहि रुपमा गर्न सकिने र विकासमा खट्टिएका कर्मचारीको सुविधा भत्ता र विकासका कामलाई पनि प्राथमिकताका आधारमा अगाडी बढाउन सजिलो हुने कुरा सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।
मन्त्रालयले जिल्ला समन्वय समितिले पठाएको विवरणका आधारमा वर्गीकरण गरेको हो । वर्गीकरणका आधारका स्थानीय तहको विकासमा प्राथमिकता र स्थानीय तहमा खटिने कर्मचारीको व्यवस्थापन, कर्मचारीको सेवा सुविधा र वृत्ति विकासमा समेत वस्तुगत बनाउन सजिलो हुने प्रवक्ता अधिकारीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया