नो लाइटका प्राविधिक नौ हजार घुससहित पक्राउ

बाँके, ७ कात्तिक– अख्तियार दुरुपयोग अनुसनधान आयोगको टोलीले नेपाल विद्युत प्राधिकरण खजुरा नो लाइट शाखामा तेस्रो तहमा कार्यरत प्राविधिक जयराम न्यौपाने सेवाग्राहीबाट लिएको नौहजार घुस रकमसहित पक्राउ गरेको छ ।न्यौपानेलाई अख्तियारको टोलीले घुस लिदालिदै मंगलबार कार्यलय परिसरबाटै पक्राउ गरेको हो ।न्यौपानेले बिद्युत मिटर जडान गर्ने नाममा सेवाग्राहीबाट उक्त रकम लिदैछन् भन्ने सुनेपछि आयोगको टोली घटनास्थलमा पुगेर नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यलय कोहलपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?