काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको धार्केमा सडक भासिएपछि अवरुद्ध सवारी आवतजावत एकतर्फी खुलेको छ ।
धार्केको गणेश खोलामाथिको पुल आसपासको बाटो भासिएपछि सोमबार अपरान्हदेखी सवारी आवतजावत बन्द रहेको थियो ।
अहिले निर्माण कार्य भइरहेको र सवारी आवतजावत एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक डबल बमले लोकपथलाई जानकारी दिए । बाटो भासिएकोले निर्माण कार्य सम्पन्न गरी दुवै तर्फ आवतजावतका लागि केही दिन लाग्नसक्ने उनले बताए ।
‘सवारी आवतजावत एकतर्फी सञ्चालनमा आएको छ । निर्माणपछि दुईतर्फी सञ्चालनको लागि केही दिन लाग्नसक्छ ।’ उनले भने ।
सवारी आवतजावत बन्द भएपछि सयौँ यात्रुको बिचल्ली भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया