राप्रपा नेपालका अध्यक्ष कमल थापाले संघीयताको नाममा थोपरिएको प्रदेश संरचना नेपाललाई घाँडो भएको बताएका छन् । १३४औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा राप्रपा नेपाल निकट श्रमिक संगठन ट्रेड युनियन महासंघ नेपाल (टुकोन)द्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अर्थतन्त्र समाप्त पार्ने किटाणुको रुपमा रहेको प्रदेश संरचना खारेज गरेर केन्द्रीय सरकार र स्थानीय तहमा अधिकारसम्पन्न सरकार को अवधारणामा बहस र छलफल थाल्न सबै राजनीतिक दललाई आग्रह समेत गरे ।
थापाले लोकतन्त्रको आबरणमा लुटतन्त्र चलिरहेको भन्दै सीमित दलका सीमित नेताहरु आलोपालो ब्रम्हलुटमा लिप्त भएको आरोप लगाए । भ्रष्टाचारको बिरोध गर्ने, सुशासनको नारा दिने नयाँ दलहरुले ब्रम्हलुटको बारेमा बोल्न अल्छी गर्नु बिडम्बना भएको उनको तर्क थियो ।
माओवादी शान्ती प्रक्रियामा आउनु राम्रो भएको तर शान्ति प्रक्रियाको नाममा बारम्बार लुट मच्चाउन खोज्नु स्विकार्य नहुने भन्दै थापाले अयोग्य लडाकुको नाममा करोडौ बाढ्ने बिषय आपत्तिजनक भएको स्पष्ट पारे । ब्यक्ती परिबर्तनले मात्र मुलुकको समस्याको समाधान नहुने भन्दै अहिलेको राजनितीक मार्गचित्र परिबर्तन हुनुपर्नेमा थापाको जोड थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया