१७ मङ्सिर २०७९, शनिवार

वर्षात् शुरु हुनुअघि दोस्रो चरणको रकम उपलब्ध गराइने

२०७४,कार्तिक,७,मंगलवार ०८:५२

0
Shares

काठमाडौँ, ७ कात्तिक ।राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले आगामी तीन महिनामा पुनःनिर्माणमा महत्वपूर्ण उपलब्धि हासिल गरिने बताएका छन ।प्राधिकरणमा पद बहालीपछि आज पत्रकारसँग कुरा गर्दै उनले आगामी माघ २ गते अर्थात् भूकम्प सुरक्षा दिवसका दिनसम्म हामी पीडितका आँशु पुछ्ने गरी महत्वपूर्ण काम गरेर देखाउने छौँ भने । पुनःनिर्माणमा आफूले सम्पूर्ण ध्यान केन्द्रित गर्ने स्पष्ट पार्दै भुसालले वर्षात् शुरु हुनुभन्दा अघि दोस्रो चरणको रकम उपलब्ध गराएर छाडिने प्रतिबद्धता व्यक्त गरे ।पुनःनिर्माण सामूहिक कार्य भएकाले सरोकार निकाय एवं अन्तरर्राष्ट्रिय दातृ निकायसँग सहकार्य गरेर अगाडि बढ्ने विश्वास दिलाउँदै उनले भने, “प्राधिकरण सोल एक्जुकेटिभ भूमिकामा छैन, संयोजनकारी भूमिकामा छ, ।” कानून निर्माण तथा व्यावहारिक कठिनाइका कारण भूकम्प पीडितका घर पुनःनिर्माण गर्नमा ढिलाइ भएको बताउँदै उनले भने, “धरहरा, बालगोपाल मन्दिर, वसन्तपुर दरबारलगायतका महत्वपूर्ण पुरातत्विक संरचनाको पुनःनिर्माणमा विशेष ध्यान दिनेछु, त्यसका लागि आर्थिक स्रोत जुटाउने छु ।”विपद्पछिको आवश्यकता मूल्यांकन प्रतिवेदनानुसार विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट आठ हजार ७९० को मृत्यु तथा २२ हजार ३०० घाइते भएका थिए । त्यसबाट ३१ जिल्लाका करिब ८० लाख जनता विस्थापित भएका थिए ।

प्रकाशित मिति: २०७४,कार्तिक,७,मंगलवार ०८:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्डको सचिवालय र नेपाल व्यवसायी संघ कतारबीच त्रिपक्षीय समझदारी पत्रमा हस्ताक्षर भएको छ

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कैलालीले जारी निषेधाज्ञा हटाएको छ । बिहीबार बिहान धनगढी–५ स्थित पिपलचौतारा नजिकै ना १ क

जाजरकोट । झोलुङ्गे पुल माग गर्न थालेको १५ वर्षभन्दा बढी हुँदा पनि पश्चिम जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नं ४ र

धनगढी । कैलालीको धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया बालिका चेतना साउदको मृत्यु भएको घटनालाई लिएर आन्दोलन चर्किएको छ । किशोरीको

ताजा समाचार

कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२
थाहा पाउनुहोस् आजको मौसम
 २०७९,मङ्सिर,१७,शनिवार ०७:५८