काठमाडौं । सुडानमा रहेका २० जना नेपाली सुरक्षित रुपमा साउदी अरब पुगेका छन् । गृहयुद्ध चर्किएपछि सुडानमा कार्यरत २० नेपाली साउदी अरब पुगेको परराष्ट्र मन्त्रालयले सोमबार एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत नेपाली अधिकारीबाहेक हालसम्म ३० जना नेपाली नागरिक नेपाली राजदूतावास कायरोको सम्पर्कमा रहेको मन्त्रालयको भनाइ छ ।
दूतावासको अनुरोध बमोजिम पोर्ट सुडानमा पुगेका १९ जना नेपालीहरु साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट जेद्दा शहरमा पुगेको जेद्दास्थित नेपाली महावाणिज्यदूतावासले जानकारी गराएको छ । यसअघि नै थप एक जना नेपाली सकुशल जेद्दा पुगेका थिए । जेद्दा पुगेका २० जनालाई नै नेपाल फिर्तीका लागि सहजीकरण भइरहेको मन्त्रालयको भनाइ छ ।
यस्तै सुडानमा कार्यरत थप ११ जना नेपालीमध्ये पाँच जना पोर्ट सुडानतर्फ प्रस्थान गरिसकेको र एक जनालाई खार्तुमबाट पोर्ट सुडान पुर्याउने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । तीन जना रोजगारदाता कम्पनीको सहयोगमा पोर्ट सुडान पुगी स्वेच्छाले त्यहाँस्थित एक होटेलमा बसेको र दुई जनालाई रोजगारदाता कम्पनीले खार्तुमबाट इजिप्टको सीमाना नजिकैको सुरक्षित स्थानमा लैजाने व्यवस्था मिलाएको राजदूतावासले जानकारी गराएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया