नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूलाई आक्रमणको प्रयास गरिएको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा अखिल नेपाल किसान महासङ्घको ७३औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफूमाथि निरन्तर आक्रमणको प्रयास भए पनि सरकारले आक्रमणकारीलाई पक्रेर केही गर्न नसकेको बताए ।
उन आक्रमणकारीले धकेल्दा पनि प्रहरी प्रशासनले केही नगरेको बताए । अध्यक्ष ओलीले २०–२५ जना केटाको एउटै समूहले आफूलाई झापा, इलाम, पाँचधरमा आक्रमणको प्रयास गरेको बताए । “हरेक ठाउँमा उनीहरूले निषेध गर्न खोज्ने, बाटो छेक्न खोज्ने, रुख ढालेर छेक्न खोज्ने, कहीँ ढुङ्गा हान्ने, कहीँ भिडन्त गर्न आउने । त्यसप्रकार उनीहरूले अनेक ठाउँमा आक्रमण गरे । त्यो खालको उद्दण्डतामा सरकारले उनीहरूलाई केही गर्न सकेन”, उनले भने ।
आफूहरूविरुद्ध अश्लील, असभ्य, त्यस्ता खालका गालीगलौज गर्ने कुराहरू भएको भन्दै उनले भने, “त्यो म आफैँले देखेर, भोगेर आएको छु ।” कोही कम्युनिष्टको नाममा, कोही के कामका नाममा खोल ओढेर एमालेका विरुद्ध उत्रिएको उनको भनाइ थियो ।
अध्यक्ष ओलीले किसान नेतालाई काममा प्रतिस्पर्धा गर्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया