कांग्रेस नेता चन्द्र भण्डारी स्वदेश फिर्ता

लोकपथ
35
Shares

कांग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी स्वदेश फर्किएका छन् । आइतबार साँझ उनी नेपाल एयरलाइन्सको जहाजबाट स्वदेश फर्किएका हुन् । सो क्रममा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासहित शुभेच्छुकहरु विमानस्थलमा भण्डरीलाई स्वागत गर्न पुगेका थिए ।

गत फागुन ३ गते राति ‘ग्यास लिक’ भएर आगालागी हुँदा गम्भीर घाइते भएका भण्डारीको मुम्बईस्थित नेशनल बर्न सेन्टरमामा उपचार हुँदै आएको थियो ।

पछिल्लो समय डा भण्डारीको स्वास्थ्यमा सुधार आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?