आविस्कारका क्षेत्रमा महावीर पुनले राखेका माग सरकारले छिटो पूरा गरोस् : अर्जुननरसिंह केसी

लोकपथ
52
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले महावीर पुनले राखेका मागहरु पूरा गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार महावीर पुनको आन्दोलनप्रति ऐक्यबद्धता जनाउन माइतीघर पुगेका पूर्व मन्त्री समेत रहेका केसीले सो उनका माग पूरा गर्न आग्रह गरेका हुन् ।

‘सरकारलाई हामी आग्रह गर्न चाहान्छौँ । उहाँले जुन खालको यो आविस्कार, अनुसन्धान र नवप्रबद्र्धनको दृष्ट्रिकोणले देशलाई आधुनिकीकरण वैज्ञानिकीकरण गर्दै अनुसन्धानको क्षेत्रमा योगदान पुर्याउन खोज्नुभएको छ । त्यसलाई सरकारले सम्पूर्ण क्षेत्रबाट केन्द्रीत गर्नुपर्दछ ।’ नेता केसीले भने ।

त्यसैगरी पुनले राखेको कुल बजेटको एक प्रतिशत अवप्रबद्र्धन , आविस्कार र अनुसन्धानको क्षेत्रमा छुट्टयाउनुपर्ने माग जायज रहेको भन्दै पूरा गर्न आग्रह गरे ।

नेता केसीले राज्य तहबाट हुने अनावश्यक खर्चलाई कटौती गर्दै सो रकमलाई उत्पादनको क्षेत्रमा लगाउन आग्रह गरे । पुनले व्यक्तिगत भन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखेर काम गरेको भन्दै सरकारले उनलाई हेर्ने दृष्ट्रिकोण परिवर्तन गर्न आवश्यक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?