बहुप्रतिक्षित येज्दी मोटरसाइकल अब नेपालमा

लोकपथ
84
Shares

काठमाडौं । अग्नि समूहको सहायक कम्पनी र क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि मोटोइन्क प्रा.लि.ले आज नेपालमा बहुप्रतिक्षित येज्दी मोटरसाइकल सार्वजनिक गरेको छ ।

मोटरसाइकल चालकहहरूको भावनालाई कदर गर्दै क्लासिक लिजेन्ड्सले अत्याधुनिक टेक्नोलोजी र डिजाइनको प्रयोग गरेर येज्दी ब्रान्डलाई पुनर्जीवित गरी बजारमा ल्याएको हो ।

येज्दी मोटरसाइकल तीन मोडेलमा उपलब्ध हुनेछन् : रोडस्टर, स्क्रयाम्बलर र एडभेन्चर, प्रत्येकलाई विभिन्न सवारी प्राथमिकताहरू र जीवनशैलीहरू पूरा गर्न डिजाइन गरिएको छ भने सबै मोडलहरू शक्तिशाली ३३४ सीसी, सिंगल सिलिन्डर, ४-स्ट्रोक, लिक्विड-कूल्ड, डिओएचसी इन्जिनले सुसज्जित छन्, जसले रोमाञ्चक सवारीको अनुभुति प्रदान गर्दछ । यस उन्नत सुविधाहरू र उत्कृष्ट कार्यसम्पादन गर्ने मोटरसाइकलको मूल्य ९.१६ लाखदेखि ९.९८ लाख सम्म पर्दछ ।

येज्दी मोटरसाइकलहरूमा इलेक्ट्रोनिक फ्युल इन्जेक्सन र ट्वीन एक्जस्ट सिस्टम पनि छ, जसले इन्धन दक्षता र कम उत्सर्जन सुनिश्चित गर्दछ। एन्टी–लक ब्रेकिङ सिस्टम (एबीएस) र स्लिपर क्लच जस्ता सुविधाहरू सहित बाइकहरूलाई आरामदायी र सुरक्षित सवारी अनुभव प्रदान गर्न डिजाइन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?