गण्डकीका मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने

लोकपथ
104
Shares

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते विश्वासको मत लिने भएका छन् ।

आज बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको छ।

सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले वैशाख २१ गते प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । पाण्डेले कांग्रेसका २७, नेकपा माओवादीका ७ र एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ ‘दीपक मनाङे’ले समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?