दमक । दमक नगरपालिकाले बेलायती सैनिकका उच्च पदक भिक्टोरिया क्रस भिसीबाट सम्मानित दमकका स्व रामबहादुर बेघा लिम्बूको शोकमा आज स्थानीय बिदा दिएको छ ।
नगर कार्यपालिकाको आज बसेको बैठकले उनको शोकमा एक दिनका लागि स्थानीय बिदा दिइएको कार्यवाहक नगर प्रमुख भीमप्रसाद पौडेलले बताए ।
शोकमा नगरपालिकाको कार्यालयसहित वडा कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था बन्द रहने उल्लेख छ । गत चैत ९ गते काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा भिसी बेघाको ८७ंं वर्षको उमेरमा निधन भएको थियो । दमक– ८ का बासिन्दा बेघा एक वर्षदेखि मिर्गौला र मुटु रोगका कारण अस्वस्थ्य रहदै आएका थिए।
उनको पार्थिव शरीर दमक ल्याई दमक–६ स्थित उनकै आफ्नो निजी किरात माङहिमको जग्गामा किरात धर्मसंस्कृति अनुसार अन्तिम अन्त्येष्टि गरिएको अनेरी क्याप्टेन रामबहादुर बेघा लिम्बू भिसी एमभिओ प्रतिष्ठानका अध्यक्ष मोहन थेवेले बताए । सन् १९६६ मा क्याप्टेन लिम्बूले भिसी सम्मान पाएको थिए । तेह गोर्खाली भीसीमा उनी मात्र जीवित थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया