पुरुषोतम दाहालको ‘मुटु छामी छामी’मा माधव र आयुष्माको प्रेम (भिडियोसहित)

लोकपथ
63
Shares

काठमाडौं । माधव अर्याल अभिनित ‘मुटु छामी छामी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ। सौगात एण्ड सम्राट इन्टरटेन्डमेन्टले तयार पारेको म्युजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो।

गायक पुरुषोतम दाहालको स्वरमा रहेको गीतमा बैकुण्ठ घिमिरेको शब्द रहेको छ। गीतमा पुरुषोतम दाहालले नै संगित भरेका छन्।

बैकुण्ठ घिमिरे निर्देशित गीतको म्युजिक भिडियोमा अर्याललाइ पछिल्लो समयकी चर्चीत मोडल आयुष्मा कार्कीले साथ दिएकी छिन्।

सौगात एण्ड सम्राट इन्टरटेन्डमेन्टका निर्देशकसमेत रहेका दाहालले गीतको कथावस्तु नविन रहेको र यसमा आफूहरूले ठूलो मिहिनेत गरेको बताए।

‘हामी सांगीतिक क्षेत्रमा केही फरक र नविन गर्न चाहन्छौं। हामीले यसअघि पनि थुप्रै गीत निर्देशन गरिसकेका छौं। हाम्रा प्रस्तुतिहरूलाई दर्शकले औधि रुचाउँदै आउनु भएको छ। विगतमा झैँ यस गीतलाई पनि यहाँहरूले मन पराइदिनुहुनेछ भन्ने विश्वास लिएका छौं’, उनले भने।

यस्तै मोडल माधव अर्यालले यो आफ्नो अभिनय जीवनको नविन र विशिष्ट प्रयास भएको बताए।

उक्त भिडियोमा दिपक घिमिरे र सुमन दाहालको अभिनय समेत देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?