सरकार र महावीर पुनबीचको वार्ता के भयो ?

लोकपथ
0
Shares

काठमाडौं । विभिन्न मागसहित आन्दोलनमा रहेका राष्ट्रिय आविस्कार केन्द्रका अध्यक्ष महावीर पुनः र सरकारी पक्षबीच पहिलो चरणको वार्ता भएको छ ।

सरकारी पक्षबाट उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र पुन पक्षबीच छलफल भएको थियो ।

छलफलको क्रममा सकारात्मक कुरा भएको पुनले जानकारी दिए । रक्षा मन्त्रालयमा भएको छलफलका क्रममा प्रधानमन्त्रीले समेत पटकपटक फोन गरेको उल्लेख गर्दै उनले वार्ता मागहरु सम्बोधन हुनेमा विश्वस्त रहेको बताए ।

‘छलफल एकदमै सकारात्मक भएको छ । रक्षामन्त्रीसँग छलफल गर्दागर्दै पनि प्रधानमन्त्रीले दुईपटक फोन गर्नुभयो । छलफल सकारात्मक भयो । भोलि कागज गर्दाखेरी कस्तो हुन्छ ।’ पुनले भने ।
छलफलमा कसरी समाधानको बाटोमा जाने भन्ने विषयमा छलफल भएको उनले बताए ।
त्यस्तै दुवै पक्षबीच साँझ ५ बजे वार्ता टोली गठन गरेर भ्याए आजै र नभ्याए भोलिसम्म निष्र्कष निकाल्ने उनले बताए ।

‘आज बेलुका ५ बजेसम्म टोली गठन गर्ने र उहाँहरुको पनि वार्ता टोली बनाउने निर्णय भएको छ ।’ उनले भने, ‘भ्याए आज र नभ्याए भोलीसम्म आन्दोलनका मागबारे कुराकानी गर्ने निर्णय भएको छ ।’

शुक्रबारदेखि विभिन्न मागसहित पुनले माइतीघर मण्डलामा धर्ना दिइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?